Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिप दुर्घटना हुँदा मन्दिर हिँडेका ४ जना घाइते

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा पञ्चबलिका लागि मन्दिर हिँडेका ४ जना घाइते भएका छन् ।

जिल्लाको रैनादेवी छहरा गाउँपालिका -३, भुवनपोखरीस्थित गोखुङ्गामा मन्दिर गएको जिप दुर्घटना भएको हो ।

गोखुङ्गामा पन्चबलिको सामग्रीसहित मन्दिरतर्फ गएको लु १ ज २५८३ नम्बरको जिप दुर्घटनामा परि ४ जना घाइते भएका छन् ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्हरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेहरूलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077