Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • स्थानीय चुनाव लडेकालाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने कांग्रेसको निर्णय

    स्थानीय चुनाव लडेकालाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 867
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने भएको छ ।

    सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको छ ।



    विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ ।



    साथै कांग्रेसले स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रक्रियामा रहेका वा कुनै कारणवस निश्क्रिय बसेका सदस्यहरुलाई पार्टीमा पूर्ववत रुपमा सक्रिय हुन आह्वान समेत गरेको छ ।

    उम्मेदवार छनोटका लागि कार्यसम्पादन समितिको अर्को बैठक २० असोजमा बस्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार