Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आइएमई लुटपाटमा संलग्न एक जना ६ लाखसहित पक्राउ

ताप्लेजुङ । आइएमई लुटपाटमा संलग्न हतियारधारी समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहान ११ बजेतिर भानुजन माध्यमिक विद्यालय छेउमा निर्माणाधीन बसपार्कबाट ओरालो लागेका उनलाई प्रहरीले त्यही क्षेत्रबाट पक्राउ गरेको हो।

फुङलिङ नगरपालिका निवासी भए पनि उनको विवरण प्रहरीले खुलाएको छैन। सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना लुतिएको थियो ।

नगद ६ लाख र झोलामा रहेको गरगहनासहित एक जनालाई पक्राउ गरिएको ताप्लेजुङ प्रहरीले जनाएको छ । लुटपाटमा चार जनाको संलग्नता रहेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ।

बाँकी तीन जनाले पैसा र गरगहना बोकेर भागेकाले उनीहरुको खोजी जारी राखेको प्रहरीले जनाएको छ । तीन जनामध्ये एक जनासँग हतियार रहेको सिसी टिभी फुटेजमा पाइएको छ।

नगद र गहना चार जनाले नै बाँडेर बोकेको पाइएको छ। सुन र नगद कति लुटपाट गरे भन्ने यकिन हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077