काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीमा स्वार्थ हावी भएको बताएका छन् ।
जनकपुरका दुई जना नेताहरूसँग बाटोमा भेट भएको तस्वीर भुसालले आफ्नो फेसबुक एकाउण्टमा शेयर गर्दै पार्टी भित्र स्वार्थ हावी भएको सन्दर्भ उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, ‘जनकपुरका कमरेडहरूसँग अचानक बाटोमा भेट भयो । तराईका जिल्लाहरूमा वैचारिक प्रशिक्षणका दौरानमा भएको भेट सम्झना गर्यौं ।
उहाँहरूले, पार्टीभित्र वैचारिक प्रशिक्षण कमजोर हुँदै जाँदा स्वार्थहरू हावी भएकोले पार्टीमा ईमानदार कार्यकर्ता पाखा लाग्दै जाने संकटबारे चिन्ता गर्नुभयो ।
हामीले अनेकौं संकटका बाबजुद पनि कम्युनिस्ट आन्दोलनलाई विचारले नै डोर्याउने संकल्प गर्यौं ।’
भुसालले पार्टीमा स्वार्थहरू हावी भएकोले पार्टीमा ईमानदार कार्यकर्ता पाखा लाग्दै जाने आफ्नो स्टाटसमा उल्लेख गरेका हुन् ।