Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

समानुपातिकको सूचीमा नपरेपछि कांग्रेस नेता गुप्ताद्धारा राजीनामा

काठमाडौं । समानुपातिकको सूचीमा नाम नपरेपछि नेपाली कांग्रेस मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन् ।

प्रतिनिधि तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको भन्दै राजीनामा दिएका हुन् ।

अपाङ्ग भएका व्यक्तिको कुरै नसुनी राजनीति रुपमा बेइमानी गरिएकाले सूचना संचार तथा प्रचारप्रसार विभागको प्रमुख पद राजीनामा दिएको उनले घोषणा गरेका छन् ।

संविधानले दिएको अधिकारलाई पार्टीले हनन् गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077