Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

समानुपातिक उम्मेदवारको नामावली टुंग्याउन कांग्रेसको बैठक सुरु

काठमाडौं । असोज १६ गते आइतबार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीलाई अन्तिम रुप दिनुपर्ने भएकाले यसै विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक सुरु भएको छ ।

बैठकमा अन्य शीर्ष नेताहरु पनि उपस्थित रहेको बताइएको छ । बैठकमा कांग्रेसको असन्तुष्ट पक्ष भनिएको कोाइराला समूहले उठाएका माग सम्बोधन मूख्य एजेण्डा रहेको छ ।

कांग्रेसको समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचीमा पेस भएका नाम सच्याउनु अघि कोइराला समूहका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा संसदीय बोर्ड केन्द्रीत भएको छ ।

बन्दसूची सच्याएर आफ्नो पक्षका नेताहरुको नाम समावेश गर्न कोइराला समूहले सभापति शेरबहादुर देउवालाई नयाँ लिष्ट बुझाएको छ ।

असन्तुष्ट समूहले आज साँझसम्म निर्णय कुर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077