Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • रामेछापको मन्थलीबाट लुक्लामा नियमित उडान शुरु

    रामेछापको मन्थलीबाट लुक्लामा नियमित उडान शुरु

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 813
    SHARES

    फाइल तस्विर

    रामेछाप । काठमाडौंबाट भइरहेको सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान रामेछापको मन्थलीबाट उडान शुरु भएको छ ।

    शनिबार आज समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको हो ।



    नेपाल नागरिक उड्डयन प्राधिकरणले आज १ अक्टोवरबाट लागू हुने गरी वायुसेवा कम्पनीले काठमाडौंबाट एकरएक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो ।



    काठमाडौंमा बिहानको समयमा हुने हवाई चाप घटाउन यस्तो निर्णय लिइएको हो । यसअघि कोभिड भन्दा अगाडी समेत काठमाडौंबाट लुक्लामा भइरहेको उडान रामेछाप सारिएको थियो ।

    लुक्लामा समिट एयर, तारा एयर, सीता एयरले नियमित उडान गर्छन् । पर्यटकीय सिजन शुरु भएसँगै लुक्ला व्यस्त रहने गर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार