Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रसियाको मिसाइल आक्रमणमा कम्तिमा २३ युक्रेनीको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । रसियाले युक्रेनको जापोरिझहिया सहरमा गरेको मिसाइल आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

आक्रणमा परी दर्जनौं नागरिकहरू घाइते भएको अलजाजीराले जनाएको छ ।

कार बजारमा भेला भएका सर्वसाधारणमाथि रसियाले मिसाइल आक्रमण गरेको त्यहाँको गर्भनरले बताएका छन् ।

'हालसम्म २३ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्,' गर्भनर ओलेकजेन्डरले उल्लेख गरेका छन् ।

त्यहाँ उपस्थित सर्वसाधारणहरु आफन्तहरु भेट्न जम्मा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077