Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधिन संसद भवनको अवलोकन

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को निर्माणधीन भवन अवलोकन गरेका छन्।

सिंहदरबार परिसरभित्र संघीय संसद्का दुई सदन राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको बैठक कक्षलगायत विभिन्न भवनहरुको शुक्रबार स्थलगत अवलोकन गरेका हुन्।

अध्यक्ष तिमिल्सिनाले संसद् भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन भनेका छन् ।

उनले चाँडो काम सक्नका लागि आवश्यक जनशक्ति थप गरेर भएपनि काम गर्न निर्देशन दिँदै पैसाको कारणले समस्या नआउने बताए । भरसक आगामी संसदको पहिलो बैठक बस्न मिल्ने गरी दोस्रो चरणको कामका लागि टेन्डर आह्वान पनि तुरुन्त गर्नुपर्ने बताए ।

‘अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने देखिँदैन,’ उनले भने, ‘केही काम रातिमा गर्नसकिने हुन्छ। एकसाथ गर्न सकिने कामलाई जनशक्ति तथा श्रोतसाधन थप गरेर भए पनि गति दिनतर्फ लाग्नुस्।२०८० असोजसम्म काम सम्पन्न गरेर उद्‌घाटन गर्नुपर्छ।’

२०७६ असोजमा निर्माण सुरु भएको यस आयोजनाको सुरुमा सम्पन्न अवधि तीन वर्ष तोकिएको थियो।

हाल कोभिडका कारणले थप गरिएको ६ महिनासहित चैत्र मसान्तसम्म म्याद रहेको सहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077