Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साढे दुई केजी सालकको खपटासहित पेप्सीकोलाबाट कामी र मगर पक्राउ

काठमाडौं । प्रहरीले २ केजी ५ सय ग्राम सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट प्रहरीले सिन्धुली गोलञ्जोर गाउँपालिका–४ घर भएका ५५ वर्षीय यम बहादुर कामी र सिन्धुली फिक्कल गाउँपालिका–४ घर भएका २८ वर्षीय रत्न बहादुर मगरलाई पक्राउ गरेको हो ।

उक्त स्थानमा अवैध रूपमा सालकको खपटाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटासहित फेला पारी बिहीबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077