Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरले कुहिने फोहर फाल्न स्थान पहिचानको काम गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचानको काम सुरु गरेको छ ।

बञ्चरेडाँडामा हानीकारक फोहोर व्यवस्थापन नगर्ने योजनाअनुरुप महानगरले यस किसिमको अभ्यास सुरु गरेको हो ।

कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको महानगरले जनाएको छ । फोहोर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने छ ।

हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ ।

बञ्चरेडाँडा उपयुक्त विकल्प नभएकाले कुहिने फोहोरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान महानगरले स्थान पहिचान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077