Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हेथ्रो विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किए

एजेन्सी । बेलायतको हेथ्रो विमानस्थलमा बुधबार राति दुई विमान एकआपसमा ठोक्किएका छन् ।

कोरियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट सामान्य ठोक्किएका हुन् ।

'घटनामा कोही पनि घाइते भएको सूचना छैन। यात्रु र चालक दलका सदस्यको उद्धार गर्न विमानस्थलमा केही समय आपतकाल घोषणा गरिएको थियो,' विमानस्थलका प्रवक्ताले पुष्टि गरे ।

कोरियन विमानमा सवार गार्जियनका पत्रकार डान सब्बागले दुर्घटना भयंकर भएको उल्लेख गरेका छन्। उनले आफू चढेको विमान अर्को विमानले काटिदिएको अनुभूत भएको उल्लेख गरेका छन् । एक विमानको पंखामा क्षति भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077