Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्दिरभित्र पसेको भन्दै दलितमाथि कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ

बाजुरा । दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन्।

बाजुराको त्रिवेणी नगरपालिका-७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन्।

उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिका घर र हाल कञ्चनपुर बस्दै आएका टीकाराम सुनारलाई कुटपिट गरेको र गर्न लगाएको आरोप छ।

बुधबार त्रिवेणी-७ को नाटेश्वरी मन्दिरमा नवरात्रीको पूजा गर्न प्रवेश गरेको भन्दै टीकाराममाथि वडा अध्यक्षको संलग्नतामा कुटपिट भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077