Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

जुम्ला । जुम्लामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

मकवानपुर नै घर भएका गाडीका सहचालक हरि न्यौपाने घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077