Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस केन्द्रीय सदस्य केसीको आक्रोश - पार्टीमा आफन्तलाई हेर्दा टिकट वितरण हुन सकेन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा नातागोता र आफन्तवाद बढेको बताएका छन् ।

काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै नेता केसीले यस्तो बताएका हुन् ।

उनले पार्टीमा नातागोता र आफन्तवादलाई हेर्दा न्यायोचित रूपमा टिकट वितरण हुन नसकेको बताए।

उनले भने, ‘कतिपय कुरा पार्टीमा आफ्नो नातागोता हेर्ने गरिन्छ, त्यो पद्धतिलाई त्यागेर, एकनासले गहन रूपमा वितरण गर्नुपर्छ।

न्यायोचित रूपमा टिकट वितरण भएको खण्डमा नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको रूपमा सरकार बन्न सक्दछ।’

न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीविरुद्ध उम्मेदवारी दिनुपर्ने स्थिति आउनसक्ने केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077