Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार सामान्य बढ्यो, कारोबार आधा अर्बमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ ।

आज नेप्से परिसूचक ६.४१ अंकले बढेको छ ।

गत कारोबार दिन मंगलबार १५ अंकले बढेको नेप्से परिसूचक आज ०.३५ प्रतिशतले बढेर १८३७.४६ को बिन्दुमा पुगेको छ ।

बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । १३ लाख ७० हजार कित्ता सेयर ४८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतल बढेर ३५९.४६ को बिन्दुमा पुगेको छ । यस्तै, १३ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको समूहगत सूचक बढेको छ भने ४ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

यस्तै, आज ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १, १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077