Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

शेखर समूहको दबाबपछि बन्दसूची हेरफेर गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा केही हेरफेर गरिने भएको छ ।

मंगलबार बालुवाटारमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा शीर्ष नेताहरूले छलफल गरेर बन्दसूचीबारे निष्कर्ष निकाल्ने सहमति भएको हो ।

शेखर कोइराला पक्षले उक्त सूचीमा असन्तुष्टि जनाउँदै आएको थियो । निर्वाचन आयोगले पनि दलहरूले बुझाएको बन्द सूची नमिलेको भन्दै सच्याउन भनेको छ । यस्तो बेला कांग्रेसले कोइराला पक्षको असन्तुष्टिलाई पनि सम्बोधन गर्ने गरी सूची परिवर्तन गर्ने निर्णय गरेको हो ।

आज नेताहरूले गृहकार्य गरेर भोलि सूची टुंगो लगाउने निर्णय गरेको कांग्रे सहमहामन्त्री भिष्मराज आङ्देम्बेले जानकारी दिए । सभापति शेरबहादुर देउवाले बन्दसूचीमा एक्लौटी गरेको शेखर पक्षको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077