Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रवक्ता डा.महतले भने - समानुपातिक बन्दसूची सहमतिबाटै तयार गरिएको हो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार गरिएको दाबी गरेका छन् ।

मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले यस्तो बताएका हुन् । उनले अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा नरहेको बताए ।

उनले भने, ‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ । त्यहाँ कतिपय त्रुटिहरु छन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन । यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन ।’

निर्वाचन आयोगले दिएको समय सीमाभित्र समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएको त्रुटि सच्याइने डा.महतको भनाई छ ।

डा.महातले कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको स्पष्ट पारेका छन् । आफुहरुले डा.शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077