Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अपांगता भएकी किशोरी माथि बलात्कार, एक जना पक्राउ

मोरङ । मोरङमा शारीरिक रूपमा अपांगता भएकी किशोरीमाथि बलात्कार भएको छ । जिल्लाको लेटाङ नगरपालिका– ९ की १९ वर्षीया युवतीमाथि बलात्कार भएको हो ।

बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

राईले आफ्नो खेतमा बनाएको टहरोमा शनिबार राति किशोरीलाई लगेर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले बताएको छ । पीडित किशोरीका दुवै खुट्टा चल्दैनन् ।

राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077