Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठूला दललाई चुनावी घोषणापत्रको चटारो

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिने तीन ठूला राजनीतिक दलहरू चुनावी घोषणापत्र तयारीमा व्यस्त भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई टिकटसँगै घोषणा पत्रको चटारोले च्यापेको हो ।

पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस र माओवादीले घोषणा पत्र निर्माणका लागि समिति बनाएर विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् ।

उनीहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणापत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रमहरू ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । एमालेले पनि टिकटसँगै घोषणापत्रको काम सकेर जनतामाझ जाने बताएको छ ।

नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077