Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • श्रीमतीको हत्या आरोपमा क्रिया बसेका श्रीमान् पक्राउ

    श्रीमतीको हत्या आरोपमा क्रिया बसेका श्रीमान् पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 825
    SHARES

    धनुषा । धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका ५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनको श्रीमान रामा मण्डल पक्राउ परेका हुन् ।

    असोज ४ गते बाँसघारीमा स्थानीय रामाको श्रीमती ४५ वर्षीया जिवछी देवी मण्डल मृत अवस्थामा फेला परेकी थिइन् । यस घटनामा अनुसन्धान गर्दै जाँदा ५० वर्षीय श्रीमानले नै श्रीमतीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । खेतमा काम गर्न गएको बेला ऋण तिर्ने विषयमा श्रीमान–श्रीमतीबीच छलफल भएको थियो ।



    सोही छलफलमा श्रीमतीले श्रीमानको बुबाको नाम जोडेर गाली गलौज गर्दा आवेशमा आएर रामा मण्डलले कोदालोले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले आइतवार मृतककी श्रीमानलाई क्रिया बसेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार