Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मनास्लु आधार शिविरमा हिमपहिरो, ५ आरोही बेपत्ता

काठमाडौं । गोरखाको मनास्लुमा हिमालमा एक्कासी आएको हिमपहिरोमा परी ५ हिमाल आरोही बेपत्ता भएका छन् ।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पाँचै जना आरोही नेपाली भएको अनुमान गरिएको छ ।

अहिले उद्धारका लागि हेलिकोप्टर मनास्लु क्षेत्रमा पुगिसकेको कार्यालयका एसपी केदार खनालले जानकारी दिए ।

मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनास्लु आधार शिविरमा छन् ।

स्रोतका अनुसार ३-४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077