Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागु गर्ने आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोगले यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ।

आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो।

आयोग स्रोतका अनुसार असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भइरहेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको बताए। आचारसंहिता लागु गर्न र पालना गर्न प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका शीर्ष नेताहरूबाट आइतबार प्रतिवद्धता लिइएको उनले जानकारी दिए।

आयोगले सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरेको उनले बताएका थिए।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मंसिर ४ गते हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077