Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोहना र खुटिया नदीको बाढीमा फसेका ३२ जनाको सकुशल उद्धार

कैलाली । कैलालीको मोहना र खुटिया नदीमा आएको बाढीमा फसेका ३२ जनाको सकुशल उद्धार गरिएको छ ।

धनगढी उपमहानगरपालिका १८ नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करिब ६ बजे अचानक बाढी आउँदा ३२ जना बाढीमा फसेका थिए ।

धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार फूलबारी डिपो बजारभन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेकाहरूको उद्धार गरिएको छ ।

पहिलो लटमा १६ र दोस्रो लटमा १३ जनाको सकुशलै उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ । बाँकी ३ जना भने भारततिर गएको बताइएको छ । कैलाली लगायत सुदूरपश्चिममा अविरल वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077