Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चक्कर गाविसका तत्कालीन सचिवसहित दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं । धनुषाको साविक चक्कर गाविसका तत्कालीन गाविसका सचिव रामरतन मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । ९ लाख ७६ हजार ९ सय रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले उनीविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

मण्डलले गैरकानूनी ढंगले रंजित शाह भन्ने व्यक्तिलाई पटक–पटक पेश्की रकम दिई अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

गाविसको कार्यकारिणी समितिले उक्त गाउँ विकास समितिअन्तर्गतका विभिन्न वडाका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको र सो कामको लागि कुनै रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव रामरतन मण्डल (केवट) ले नागेन्द्र भन्ने रंजित साहलाई पटक–पटक पेश्की दिने काम गरी अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।

उक्त पेश्की रकम दिए पनि सो रकमबाट काम समेत नभएको, योजनाको फरफारक समेत नगरेको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले रकम लिने साहविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077