Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खानेपानीको पाइप चोरी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

कास्की । कास्कीमा पाइप चोरेको आरोपमा प्रहरीले वडा सदस्यसहित चार जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले जिल्लाको मादी गाउँपालिका-१ का निर्वाचित वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित चारजनालाई पक्राउ गरेको हो।

थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते मध्यराति पक्राउ गरेको हो।

चोरी गरिएको पाइपको मूल्य करिब १४ लाख रुपैयाँ बराबर रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । ६ दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077