Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा प्रधानमन्त्रीसहित दलका प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहितामा हस्ताक्षर गरेका छन् ।

आइतबार निर्वाचन आयोगमा छलफलपछि प्रधानमन्त्री देउवाले आचारसंहितामा हस्ताक्षर गरेका हुन् ।

आयोगले आइतबार आचारसंहितामाथि छलफलका लागि प्रमुख १२ दललाई बोलाएको थियो ।

सत्तारुढ दलहरूको असहमतिबीच उनले आचारसंहितामा हस्ताक्षर गरे । प्रधानमन्त्री र मन्त्रीले आफ्नो बाहेक अरु क्षेत्रमा प्रचार गर्न नपाउने विषयमा असहमति राखेका थिए । अरू दलहरूले पनि आचारसंहितामा आइतबार हस्ताक्षर गरेका छन् ।

दलहरूले आचारसंहितामा हस्ताक्षर गरेपछि लागू गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077