Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजार झन्डै २४ अङ्कले घटेर राताम्मे, कारोबार रकम १ अर्ब माथि

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय १५ दशमलव १३ विन्दुमा झरेको छ ।

९ मंसिर २०७७ मा १८१०.१५ अंकमा रहेको नेप्से १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो । त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौदेखि नेप्सेमा गिरावट सुरु भएको थियो ।

आइतबार नेप्सेको बन्द भएको बिन्दु (क्लोजिङ इन्डेक्स) २२ महिना यताकै न्यून भएपनि ‘इन्ट्रा–डे’ मा भने १० असार २०७९ मा १८०६.९५ अंकसम्म झरेको थियो ।

नेप्सेमा गिरावट भएपनि आइतबार कारोबार रकम भने बढेर १ अर्ब नाघेको छ । गत बिहिबार ६५ करोडमा सीमित कारोबार रकम आइतबार बढेको हो ।

आइतबार नेप्सेमा १ अर्ब ७ करोड २४ लाख ८० हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077