Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवा निर्वाचन आयोग जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोग जाने भएका छन् ।

निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न देउवा आयोग जान लागेका हुन् । केही बेरमा आयोग जान लागेका प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

आयोगले आज आचारसंहितबारे छलफल गर्न र पालनका लागि प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दललाई छलफलमा बोलाएको छ ।

उनीहरुलाई आचारसंहिता पालनाका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने आयोगको तयारी छ ।

आयोगले आज १२ राजनीतिक दललाई निर्वाचन आचारसंहिताबारे छलफलका लागि बोलाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077