Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सौतेनी आमाको हत्या गरेको आरोपमा जयकिशोर पक्राउ

वीरगञ्ज । सौतेनी आमाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ रंगपुर निवासी २५ वर्षीय जयकिशोर यादव रहेका छन् ।

उनले गत भदौ ३० गते सौतेनी आमा तेतरीदेवीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवाद हुँदा जयकिशोरले सौतेनी आमाको खुकुरी प्रहार गरी हत्या गरेर फरार भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । फरार रहेका उनलाई पर्साको इनर्वाबाट पक्राउ गरिएको उनले बताए ।

यसअघि घटना भएको भोलिपल्ट भदौ ३१ गते नै उनका बुवा शिवनारायणलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट म्याद थप गराइ कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077