Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेशी दबाब र प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ : कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गएको बताएका छन् ।

आज हेटौंडा–१३ पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै थापाले विदेशी प्रभाव बढेको भन्दै अहिलेको अवस्थामा राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एकठाँउमा आउनुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्नसमेत उनको आग्रह थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077