Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जगदीश नरसिंह भन्छन् - देउवा पक्षले समानुपातिकको सूची नसच्याए विकल्प सोच्छौँ

काठमाडौं । कांग्रेसमा इतर समूहले समानुपातिकको बन्द सूची नसच्याइए चुनावमा भाग नलिने चेतावनी दिएको छ ।

शनिवार काठमाडौंमा आयोजित डा.शेखर कोइराला पक्षको खबरदारी भेलाको अध्यक्षता गरेका नेता जगदीश नरसिंह केसीले यस्तो बताएका हुन् । उनले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए आफ्नो समूह बाहिरै बस्ने बताए ।

उनले भने, 'कांग्रेसमा ६०÷४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको हो । उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको हो ।

अहिले पनि सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने देउवा पक्ष निर्वाचनमा एक्लै लडे हुन्छ, हामी बाहिर बसेर रुख चिन्हमा भोट हाल्छौँ ।'

केसीले समानुपातिकको सूची नसच्याइए अर्को विकल्पका लागि तयार रहन समेत उनले चेतावनी दिए । नेता केसीले देउवाले गठबन्धनका दलहरूलाई १८ घण्टा दिने तर पार्टीभित्रका इतर समूहका नेतालाई १८ मिनेट पनि समय नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077