Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धनसँग नीति र कार्यक्रम केही छैन : विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग मात्र विचार, दृष्टिकोण र सही घोषणापत्र रहेको बताएका छन् ।

एमाले प्रदेश कमिटी लुम्बिनीको सल्लाहकार परिषद बैठकलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । उनले सत्ता गठबन्धनसँग जनतामा जाने कुनै स्पष्ट नीति तथा कार्यक्रम नभएको समेत आरोप लगाए ।

पौडेलले भने, ‘सत्ता गठबन्धनसँग विचार, नीति र कार्यक्रम केही छैन । मुलुकको नेतृत्व गर्ने त्यसलाई निर्देशित गर्ने साझा घोषणापत्र समेत नभएको जनताले पत्याउने कुनै आधार छैन ।’

निर्वाचनमा सरकारले नेतृत्व एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको भनेर अगाडि सारिसकेको पौडेलको भनाइ छ ।

सत्ता गठबन्धन भनेको केवल बाँडेर खाने मात्रै भएको भन्दै पौडेलले एमाले कार्यकर्ताहरूले यी विषयहरू जनता सामु प्रष्ट पार्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077