Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महानगरले खाली गराएको अन्डरग्राउण्डमा सुरू भयो भूमिगत पार्किङ

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अन्डरग्राउण्ड खाली गराएका भवनमा पार्किङ सुरू भएको छ ।

बानेश्वर प्लाजामा आजदेखि सवारीसाधनको पार्किङ सुरू गरिएको हो ।

भदौ ६ गते महानगरको टोलीले यहाँको अण्डरग्राउण्ड पार्किङ खुला गराएको थियो । दुई पाङग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ शुल्क लिएर पार्किङ सुरू गरिएको छ ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै सूचनामार्फत हटाउन दिइएको समयमा अटेरी गरेपछि महानगर ‘एक्सन’ मा उत्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077