Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्रीलाई बोलाउने आयोगको तयारी

काठमाडौं । आगामी मंसिरमा हुने चुनावको निर्वाचन आचारसंहितामा हस्ताक्षरका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरुलाई आयोगमा बोलाउने तयारी गरेको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार आचारसंहिता पालनाको प्रतिबद्धता व्यक्त गर्न प्रधानमन्त्री देउवालाई आगामी आइतबार आयोगमा बोलाउने तयारी गरेको हो ।

हस्ताक्षरका लागि गृहमन्त्री बालकृष्ण खाँण लगायत प्रमुख राजनीतिक दलका नेताहरुलाई बोलाउने स्रोतले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता असोज ११ गतेदेखि लगाउने तयारी गरेको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते हुँदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077