Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

११ गतेदेखि निर्वाचन आचारसंहिता लगाउने आयोगको तयारी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता असोज ११ गतेदेखि लगाउने तयारी गरेको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार आचारसंहिता पालनाको प्रतिबद्धता व्यक्त गर्न आइतबार दलहरुलाई हस्ताक्षरका लागि बोलाउने तयारी गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसमेत हस्ताक्षरका लागि आयोग जाने भएका छन् ।

निर्वाचन आचारसंहिताका केही बुदाँहरु लागु गर्न निर्देशन दिइसकेका साथै सम्पूर्ण रुपमा ११ गतेदेखि आचारसंहिता लगाउने आयोगको तयारी रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077