Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उच्च अदालत पाटनको अन्तरिम आदेश महानगरद्वारा बुझ्न अस्वीकार

काठमाडौं । उच्च अदालत पाटनको अन्तरिम आदेश काठमाडौं महानगरपालिकाले बुझ्न अस्वीकार गरेको छ ।

टुकुचा खोला उत्खनन् सन्दर्भमा उच्च अदालत पाटनले गरेको अल्पकालीन अन्तरिम आदेश बुझ्न अस्वीकार गरेको हो ।

महानगरले म्याद नबुझेपछि वडा कार्यालयमा म्याद तामेली गर्ने तयारी भइरहेको उच्च अदालत पाटनले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयले टुकुचा खोला उत्खनन गर्ने नाममा स्थानीयका घर, पर्खाल, कम्पाउण्ड भत्काउन थालेपछि स्थानीयले उच्च अदालत पाटनमा रिट दिएका छन् ।

न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासबाट असोज ५ गते विपक्षी काठमाडौं महानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077