Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अदालतको आदेशपछि बालेनको प्रश्न - नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले टुकुचा उत्खननबारे अदालतले दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

यसअघि उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन आदेश दिएको थियो । सो अदालतको आदेशमाथि महानगरका मेयर शाहले प्रश्न उठाएका हुन् ।

बुधबार सामाजिक सञ्जालमा टुकुचा आसपासको काठमाडौंको पुरानो फोटो राखेर शाहले लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। अदालतले टुकुचा (इछुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’

उच्च अदालत पाटनका न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले विश्व प्रकाश साखको मुद्दामा निवेदकको भौतिक संरचनामा क्षति नपुर्याउन अल्पकालिन अन्तरिम आदेश दिएको छ । सो आदेशसँगै हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजनामा असोज २६ गतेसम्म रोक लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077