Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम ७२ करोड

काठमाडौँ । लामो समयसम्मको अन्तरालपछि बुधबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ ।

बुधबारको कारोबारमा सेयर बजार परिसूचक ११.२२ अंकले बढेको हो। साताको पहिलो कारोबारको दिन आइतबार तथा मंगलबारको कारोबारमा सेयर बजार ३४ तथा ३८ अंकले घटेको थियो।

११ अंकले बजार सुधार हुँदा समग्र बजार परिसूचक १८४८.८२ अंकमा उक्लिएको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.०१ अंकले बढेर ३६०.८८ मा उक्लिएको छ।

दोहोरो अंकले बजार बढ्दा १२ उपसमूहको सेयर मूल्य बढेको छ। १२ वटा उप समूह बढ्दा म्युचुअल फण्ड समूह भने ०.४४ प्रतिशतले घट्न पुगेको छ।

बजार बढेपनि बुधबार कारोबार रकममा भने भारी गिरावट आएको छ । साताका अघिल्ला दुई कारोबारमा १ अर्ब माथि रहेको कारोबार बुधबार ७२ करोडमा झरेको छ । आज ७२ करोड १२ लाख ५९ हजार ८ सय ८४ रुपैयाँ बराबरको २५ लाख ३१ हजार ३ सय ७० कित्ता सेयर १९ हजार ८ सय ७९ पटकमा खरिद बिक्री भएको छ।

११ अंकले बजार बढ्दा बुधबार कारोबार भएका १ सय ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको सेयर मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077