Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिलाई मिलन पाण्डेको सुझाव- पदबाट राजिनामा दिएर निर्वाचन लड्दा हुन्छ

काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले राष्ट्रपति भण्डारीलाई पदबाट राजीनामा दिएर निर्वाचन लड्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भई प्रमाणिकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक दोस्रो पटक पनि प्रमाणिकरण नभएपछि उनले समाजिक संजालमार्फत प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रपतिबाट पटक पटक संविधान विपरित काम भएको भन्दै राष्ट्रपति पदबाट राजिनामा दिएर निर्वाचन लड्न आग्रह गरेका छन् ।

‘पदमै रहेर राष्ट्रपतिले संविधान मिच्न मिल्दैन । यदि चित्त नबुझेकै हो भने पदबाट राजीनामा दिएर निर्वाचन लड्दा हुन्छ । तर, त्यो पदमा रहेर एउटा पार्टीको राजनीति गर्न मिल्दैन । एकचोटी होइन, दुई चोटि होइन, बारम्बार त्यही हुँदै छ । संविधानभन्दा माथि कोही छैन । विधिको शासनभन्दा माथि कोही छैन,’ पाण्डेले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077