Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी नेता पुनको टिप्पणी - राष्ट्रपतिको कदम नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य हो

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदम नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य भएको टिप्पणी गरेका छन् ।

संसदबाट दुईपटक पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको कदम नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य भएको टिप्पणी गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्,‘ सार्वभौम जनताको प्रतिनिधि संस्था संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको घोर उल्लंघनका साथै आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य हो ।

सचेत रहौं, संयमित बनौँ । निर्वाचन बिथोल्ने षडयन्त्रको अंग पनि हो, यो घटनाक्रम।’

संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको घोर उल्लंघनका भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077