Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादव भन्छन् - राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको ठाडो उलंघन हो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लघंन भएको टिप्पणी गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष यादवले प्रतिनिधि सभा र राष्ट्र सभाबाट दुई/दुई पटक पारित भएर राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लघंन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘संसदको दुबै सदनबाट दुईर दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्टपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उलंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्म माथि प्रहार हो।’

राष्ट्रपतिको निर्णयलाई लिएर सत्तारुढ दलहरु विरोधमा उत्रिएका छन् । भने प्रमुख प्रतिपक्ष नेकपा एमालले भने कुनै पनि प्रतिक्रिया दिएको छैन् । केही नेताहरु राष्ट्रपतिको विरोधमा उत्रिएका छन् भने केही नेताहरु समर्थनमा खुलेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077