Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेता अर्जुननरसिंह भन्छन् - राष्ट्रपतिले संविधानवादकै हुर्मत लिइन्

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानवादकै हुर्मत लिएको टिप्पणी गरेका छन् । नागरिकता विधेयक सही कि गलत भनेर ठम्याउने काम संसद तथा सरकारको भएको उल्लेख गर्दै केसीले राष्ट्रपतिबाट भएको निर्णय असंवैधानिक भएको टिप्पणी गरेका हुन् । संसदका दुवै सदनले दुई दुईपटक पारित गरेर पठाएको नारिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले दोस्रोपटक पाएको १५ दिनको समयसीमा मंगलबार राति १२ बजे सकिएको छ । नागरिकता विधेयक सही र गलत छुट्याउने जिम्मेवारी जनता, संसद् तथा सरकारको भएको उल्लेख गर्दै नेता केसीले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् 'नागरिकता विधेयक कति सही र गलत छन् ? यो जनताको विवेकले ठम्याउने र संसद तथा सरकारको जिम्मेवारीको विषय हो । तर किटानी संवैधानिक व्यवस्थाको गम्भीर उलग्घन गर्दै संवैधानिक राष्ट्रपतिले अस्वीकृत गर्नु संविधान र लोकतन्त्र,शक्ति सन्तुलन,नियन्त्रण र पृथकीकण तथा संविधानवादको हुर्मत लिएको छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077