Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनका गहना लुट्न ६४ वर्षीया पूर्णसरीको हत्या, २ जना पक्राउ

धरान । धरानकी ६४ वर्षीया पूर्णसरी राईको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। गत भदौ २९ गते आफ्नै घरमा हत्या गरिएकी पूर्णसरीका हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको हो।

हत्यामा संलग्न भएका धरानमा मामली घरमा बस्दै आएका १८ वर्षीय निखिल भन्ने नकुल राई र सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-६ का २० वर्षीय रन्जितकुमार साहलाई पक्राउ गरिएको छ ।

नकुलले हत्या गरेको र रन्जितकुमारले सुन लुकाउन सहयोग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लगाएको सुनका गहना लुट्ने उद्देश्यले नकुलले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी घटनाको अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077