Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दलाई लामाका नेपाल प्रमुखमा छेप्री लोपुन नियुक्त

    दलाई लामाका नेपाल प्रमुखमा छेप्री लोपुन नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले तिब्बती मामिला हेर्ने नेपालका लागि नयाँ प्रतिनिधि नियुक्ति गरेको छ । तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाका नेपाल प्रतिनिधिको रुपमा सीटीएले छेप्री लोपुनलाई नेपाल प्रमुखको रुपमा नियुक्त गरेको हो ।

    उनले आजबाट उनले आफ्नो कार्यभार सम्हालेका छन् । लाजिम्पाटस्थित तिब्बतीयन शरणार्थी वेल फेयर अफिस (गार्डेन खान्सार) को प्रमुखको रुपमा कार्यभार सम्हालेका हुन्। गार्डेन खान्सारमा सोमबार आयोजित विशेष समारोहमा लोपुनले नेपाल प्रमुखको कार्यभार सम्हालेको स्रोतले बतायो ।



    दलाई लामाका नेपाल प्रतिनिधि छुल्ट्रीम ग्यात्सोको कार्यकाल सकिएपछि सीटीएले लोपुनलाई नयाँ नेपाल प्रतिनिधि नियुक्त गरेको हो । छेप्रीले बौद्ध सेटलमेन्ट अफिसरको रुपमा काम गरिसकेका छन्।



    भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासित तिब्बती समुदायको मुख्यालय रहेको छ । धार्मिक नेता दलाई लामा सोही स्थानमा बस्दै आएका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार