Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको गहना चोरेको आरोपमा इटहरीबाट ३ जना पक्राउ

काठमाडौं । सुनको गहना चोरेको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक घर भएका अरुण राना मगर, बृखमान राई र भुपेन्द्र बिक छन् ।

उनीहरुमाथि जेठ २ मा इटहरी उपमहानगरपलिका–८ स्थित प्रविशा कार्कीको घरबाट सुनको गहना चोरेको आरोप छ ।

अरुण रानामगरले गहना चोरेर वृखमान राईलाई बिक्री गरेको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

आरोपीहरुमाथि चोरी मुद्दामा म्याद लिएर इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077