Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पानीमा डुबेर बालकको मृत्यु

झापा । पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका-३ निवासी देवान टुडुका १४ वर्षीय छोरा विजय टुडु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कामाटोली बजारबाट आइतबार बिहानदेखि हराएका बालक विजय सोमबार बिहान ७ : ४० बजे झापा-३ स्थित गैरीगाउँ झाटी खाडीमा डुबेको अवस्थामा मृत फेला परेको हो ।

मृतक बालक विजय बोल्न नसक्ने र सुस्त मनस्थितीका थिए ।

प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077