Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी निर्वाचनमा दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिव दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिव ५० हजारले बढी हो।

सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक कर्मचारी पूर्ति गर्न कुनै समस्या नभएको जनाएको छ।

गृह मन्त्रालयका सहसचिव रघुराम विष्टले आयोगलाई आवश्यक कर्मचारी आयोगले माग गर्नेबित्तिकै पठाउन सकिने बताए।

उनका अनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगलाई आवश्यक पर्ने कर्मचारीको नाम आयोग पठाइने र सो सङ्ख्याबाट पनि अपुग भएमा थप जत्ति आवश्यक हुन्छ ती कर्मचारी सरकारले आयोगलाई उपलब्ध गराउने छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077