Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाले यसरी गर्‍यो खोंचमा खसेका शिक्षकको २४ घण्टापछि सकुसल उद्धार

काठमाडौं । नेपाली सेनाले खोंचमा खसेका शिक्षकको २४ घण्टापछि सकुसल उद्धार गरेको छ।

दोलखाको कालिन्चोक गाउँपालिका-३ स्थायी घर भई सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३७ वर्षीय केशव सिवाकोटीको उद्धार गरेको हो।

शनिबार स्थानीय छ्यादी खोलामा नुहाउने क्रममा चिप्लिएर करिब २०० मिटर तल खोंचमा खसेका उनलाई आइतबार स्थानीय व्यक्तिहरुले देखी सुरक्षा निकायलाई खबर गरेपछि आइतबार उद्धार गरिएको सेनाले जनाएको छ।

सुरक्षाकर्मीको टोली डोरीको सहायतामा खोचमा पुगेको थियो। खोचबाट उनलाई बाहिर निकाल्न सफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

उनलाई नेपाली सेनाको एनए-०५८ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077