Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेवाताल किनारमा निर्माणधीन संरचना हटाउन पोखरा महानगरले दियो एकहप्ते अल्टिमेटम

पोखरा । पोखरा महानगरपालिकाले फेवाताल किनारको ६५ मिटर क्षेत्रभित्र निर्माण कार्य रोक्न एकहप्ते अल्टिमेटम दिएको छ ।

महानगरबाट खटिएका नगर प्रहरी, वडाका जनप्रतिनिधिको रोहवरमा निर्माण सामग्री जफत गर्दै निर्माण कार्य रोक्न एकहप्ते अल्टिमेटम दिएको हो ।

महानगरले करिब ४ वर्षअघि सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै शनिबार ताल किनार वरिपरि निर्माण भइरहेका संरचनाका निर्माण सामग्री जफत गरेको हो ।

आफूहरुले सांकेतिक रुपमा निर्माण सामग्री हटाएको र एकहप्ताभित्र सबैलाई निर्माण कार्य रोक्न अल्टिमेटम दिएको नगर प्रहरीका सई पुरुषोत्तम थापाले जानकारी दिए ।

‘यो सांकेतिक रुपमा मात्रै सामान उठाइएको हो । एक हप्ताको समय दिएर सूूचना दिएका छौं । बारम्बार जानकारी दिँदा पनि निर्माण नरोकेकोमात्रै सामान उठाइएको हो’, सई थापाले भने, ‘यहाँका कुुनै पनि संरचना नक्सापास छैन, अनुुमति छैन । एक हप्ताभित्र नहटाए महानगरले हटाउँछ ।’

एक हप्तासम्म अनधिकृत संरचना नहटाए महानगरले भत्काउने र खर्चसमेत जग्गा, संरचना धनीबाटै उठाइने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077